मेगा बैंक सिइओ अनुपमा खुञ्जेलीको तलब १ करोड २ लाख



काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीको बार्षिक तलब १ करोड २ लाख रुपैयाँ रहेको छ । बैंकका अुनसार यो तलब बोनस बाहेक हो ।

सिइओ खुञ्जेलीले बार्षिक रुपमा १ करोड २ लाख रुपैयाँ तलब लिने गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । उक्त तलब बाहेक दशैं भत्ता ८ लाख ५० हजार रुपैयाँ लिएको देखिएको छ । यस्तै इन्धनबापत उनले बैंकबाट बार्षिक ३ लाख ७७ हजार ४५० रुपैयाँ लिएको देखिएको छ ।

बैंकबाट प्रबन्धक तथा महाप्रबन्धकहरुले तलब बार्षिक ६ करोड ५७ लाख ५ हजार ७७६ रुपैयाँ, भत्ता ३ करोड ६६ लाख ७१ हजार ८६४ रुपैयाँ, सञ्चय कोष ६२ लाख ८६ हजार ५७७ रुपैयाँ, दशैं भत्ता ८३ लाख ६१ हजार ५७ रुपैयाँ र इन्धनबापत ५४ लाख २६ हजार ४९५ रुपैयाँ लिएको देखिएको छ ।

सञ्चलाकहरुले बार्षिक रुपमा ६२ लाख ५८ हजार ३०० रुपैयाँ बैठकले भत्ता लिएका छन् ।


क्लिकमान्डु