सेयर बजारमा सकारात्मक सर्किट, आजको कारोबार बन्द




काठमाडौं । सेयर बजार ६ प्रतिशतले बन्द भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ । बजार ६.०१ प्रतिशतले बढेको हो । बजार १३७.१८ अंकले बढेर परिसूचक २४१८.८५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सर्किट लागेपनि कारोबार रकम भने ज्यादै न्यून रहेको छ । मंगलबार २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता सेयर १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु