सेयर बजारमा सकारात्मक सर्किट, ४० मिनेट कारोबार बन्द



काठमाडौं । मंगलबार सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । बजार सुरु भएको २ घन्टा नपुग्दै ५ प्रतिशतले बढेको हो । बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार बन्द भएको छ ।

अहिलेसम्म बजार ११४.२५ अंकले बढेर २३९५.९३ बिन्दुमा रोकिएको छ । अहिलेसम्म करिब ढेड अर्बको कारोबार भएको छ ।


क्लिकमान्डु