निधिको पनि देउवालाई समर्थन



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा दोस्रो चरणमा हुने निर्वाचनमा बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

निधिलाई भेट्न देउवा उनको निवास पुगेका थिए । प्रकाशमान सिंहको समर्थन लिएर देउवा निधिको निवास पुगेका थिए ।

पहिलो चरणको निर्वाचनमा आवश्यक संख्या नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । कांग्रेस सभापति पदको लागि शेरबहादुर देउवाले २२५८ मत,डा शेखर कोइरालाले १७२९,प्रकाशमान सिंहले ३७१,बिमलेन्द्र निधिले २४९ मत ल्याए ।

देउवालाई ८२ मत नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । निधि र सिंहको समर्थन भएपछि देउवालाई निर्वाचन जित्न सजिलो हुने छ ।


क्लिकमान्डु