दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई हुने भएको छ ।

सिंहका सहयोगी युपी लामिछानेले देउवालाई सिंहले समर्थन गर्ने जानकारी फेसबुक मार्फत दिए । देउवा सिंहलाई भेट्न उनको निवास पुगेका थिए ।

कांग्रेस सभापति पदको लागि शेरबहादुर देउवाले २२५८ मत,डा शेखर कोइरालाले १७२९,प्रकाशमान सिंहले ३७१,बिमलेन्द्र निधिले २४९ मत ल्याए ।

देउवालाई ८२ मत नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । सिंहको समर्थन भएपछि देउवालाई निर्वाचन जित्न सजिलो हुने छ ।


क्लिकमान्डु