सेयर बजारको घट्दो प्रबृत्ति र प्रचण्ड वाणी



सेयर बजारको निरन्तरको गिरावटका कारण पिडालेछटपटाइरहेका सेयर लगानीकर्ताले अर्थमन्त्रालय बाट केही मलमको आश गरेका थिए । तर, उनीहरुले अर्थमन्त्रालय हाँक्ने पाटिका अध्यक्षबाट मलम नभईचहर्याईरहेको घाउमा नुनचुक पाए ।

सामान्यत बढ्दो ट्रेन्डले लगानीकर्ताको ध्यान बढी तान्ने यो बजारमा अहिले घट्दो ट्रेन्डले पनि त्यतिकै ध्यान तानेको छ । सेयर बजारमा प्राय सकारात्मक समाचारको बढी चर्चा र चासो हुने गर्छ । तर, अहिले नकारामत्क समाचारहरु लगानीकर्ताको छलफलको विषय बस्तु बनेको छ ।

समाजिक सन्जाललाई यसले ढपक्कै ढाकेको छ । यसको प्रमुख कारण माओवादी पार्टीका अध्यक्ष प्रचन्डले सेयर बाजर र यहाँ गरिने लगानीबारे दिएको अभिव्यक्ती एक हो । सामाजिक सन्जाल, अनलाइन मिडियादेखि विभिन्न राजतिनिक पार्टीहरुमा पुँजी (सेयर) बजारबारे प्रचन्डको अभिव्यक्ति बहसको विषय बनेको छ ।

पुँजीबजारलाई अनुत्पादक क्षेत्र भएको, गरिवलाई अझ गरिब बनाउने, केही सिमित व्यक्तिलाई धनी बनाउने तथा सेयर बजार विस्तारवादी, साम्राज्यवादी, सामन्तवादीहरुको एजेन्डा भएको जस्ता प्रचन्डका अभिव्यक्तिले धेरैको ध्यान त्यतातिर तानेको छ । यसले धनीको मात्र नभई गरिवको पनि ध्यान तानेको छ । यसले पैसा हुनेको मात्र नभई पैसा नहुनेको पनि ध्यान तानेको छ ।

यसले शहरियामात्र नभई गाँउलेको पनि ध्यान तानेको छ । यसले सेयर मा लगानी गरेकाको मात्रै नभई लगानी गर्न सुरसार गर्दै गरेकाको ध्यान तानेको छ। यसले नेपालमा बस्ने नेपाली मात्र नभई विदेशमा बस्ने नेपालीको पनि ध्यान तानेको छ किनकि प्रविधिको विकाससँगै अहिले सेयर बजार यी सबैको पहुँचमा पुगि सकेको छ ।

सामान्यत कम्युनिष्टले बोल्ने भाषाजस्तो सामन्तबाद, साम्राज्यवाद, विस्तारवाद, दलाल पूँजीवाद, वित्तीय एकाधिकारवाद आदिजस्ता शब्द र राष्ट्र बैंकले उसका प्रतिवेदनमा उल्लेख गर्ने शोधानन्तर बचत, विप्रेषण, आयात, निर्यात, विनिमय दर आदिजस्ता शब्द सर्वसाधारणलाई बुझ्न निकै कठिन हुन्छ ।

प्रचण्ड भन्छन्- पुँजी बजार वित्तीय एकाधिकारको माध्यम हो । तर, म भन्छु- पुँजी (सेयर) बजार वित्तीय एकाधिकार भएका पुँजीपतिबाट नाफा विकेन्द्रित गर्ने माध्यम हो । एउटा निश्चित समुह वा बर्ग वा व्यक्तिले उद्योग व्यवसायबाट लिइरहेको नाफा लाखौं सर्वसाधारण, गरिव र निमुखा जनतामा सार्ने माध्यम पनि हो सेयर बजार ।

प्रचन्डले सेयर ‘पुँजी’ बजारसँग जोडेर बोलेका सबै शब्द सर्वसाधारणले बुझे भन्ने मलाई लाग्दैन । म पनि त्यस्ता शब्द बुझ्न सामार्थ्य राख्दिन र बुझ्न आवश्यक पनि ठान्दिन । सबै शब्द नबुझे पनि उनको पार्टीले पुँजी बजारबारे लिएको वा लिने वा लिदै आएको नीति वा धारणा भने स्पष्टसँग बुभिन्छ । त्यो भनेको सेयर बजार वा उनले भनेको सट्टा बजारप्रतिको अनुदार नीति । यस्ता नीति र धारणाले साना या ठुला कसैको पनि लगानीको सुरक्षा गर्न सक्दैन ।

सेयर बजारबारे प्रचन्डले दिएको अभिव्यक्तिले बजारमा किन यति धरै महत्व राख्यो वा लगानीकर्ताले चासो दिएका छन् भन्ने धेरैले प्रश्न गर्ने गरेका छन् । यस्तै कुनै व्यक्तिले बोलेका आधारमा सेयर बजारमा किन उतार चढाव आउने गर्छ ? यो प्रश्न यत्रतत्र सुनिने गर्छ । प्रचन्डले बोलेका कुराले सेयर बजारमा सँधै महत्व राख्दैन । र, राख्नुपर्छ भन्ने पनि छैन । तर, अहिले उनले नेतृत्व गरेको पार्टी सत्ता साझेदार पार्टी हुनु र त्यही पार्टीबाट पुँजी बजार र त्यसको विकास, विस्तार, लगानीकर्ताको लगानीको सुरक्षासँग प्रत्यक्ष जोडिएको अर्थमन्त्रालय सम्हाल्ने मन्त्री हुनुले पनि उनको अभिव्यक्तिलाई सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध राख्नेदेखि सम्बन्धै नराख्नेले पनि चासोका साथ हेरेका छन् । सुनेका छन् । र, पढेका छन् ।

अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेप्से सेयर बजारसँग सम्बन्धित संस्थामात्र हैनन् यी लगानीकर्ताका अभिभावक पनि हुन् । यीनले लगानीकर्ताको हितमा काम गरुन् या नगरुन् । तर, लगानीकर्तामा अभिभावकको आभास र विश्वास भने रहिरहन्छ । एउटा परिवारको अबिभाकको भुमिका परिवारको समृद्धिका लागि नेतृत्वदायी भुमिका निर्माण गर्नु र सकारत्मक कामका लागि हौसला प्रदान गर्नु र प्रोत्साहन गर्नु हुन्छ। जब अभिभावकले नै परिवारका सदस्यलाई, अत्याउने र आतंकित गर्ने काम गर्छ भने उनीहरुमा डर उत्पन्न हुनु र त्यसको नकारात्मक प्रभाव सेयर बजारका अंकमा तथा सेयरको मूल्यमा देखिनु स्वभाविक हो ।

भ्रष्ट मानसिकताबाट उत्प्रेरित धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष र नेपाल स्टक एक्सचेन्जका निवर्तमान प्रमुखको व्यवहारबाट लगानीकर्ताहरु निराश हुनु परेको थियो । पुँजीबजारले लामो समयसम्म ती संस्थाको नेतृत्वको अभाव महशुस गरिरहेका छन् । जसले बजारको विकासमात्र अवरुद्ध भएको छैन लगानीकर्ताको मनोवल पनि घटेको छ । यो अवस्थामा अर्थमन्त्रालयबाट कम्तिमा पनि सान्त्वनाका शब्द सम्मको आशासहित हरेक बिहान लगानीकर्तालाई बिउँझिने गर्छन् । तर प्रचन्डको अभिव्यक्तिबाट लगानीकर्ताले सान्त्वना नभई चहर्याईरहेको पीडाको घाउमा मलम नभई नुनचुक मिल्यो ।

सेयर बजार अर्ब हुनेहरुले मात्र हैन हातमा हजार बोकेर अर्ब कमाउने सपना देख्नेहरुले पनि लगानी गर्ने ठाँउ हो । ती अर्ब कमाउने सपना देख्ने सर्वहाराहरुलाई सामन्त देख्नु वा साम्राज्यवादको एजेन्ट देख्नु वा विस्तारवादीका भरिया देख्नु श्रमिक साम्राज्यवादलाई बढावा दिनुमात्र हो ।

के सेयर बजार साम्राज्यबादको पर्याय हो ? के यो विस्तारबादीको बजार हो ? यी शब्दहरु नेपालीको भान्सामा प्रयोग हुने आलु र गोलभेडाजस्ता जता पनि र जे मा पनि मिल्ने र प्रयोग गरिने तरकारीजस्ता हो जस्तो मलाई लाग्दैन । तर, प्रचन्डले जेमा पनि मिलाउने प्रयास गरिरहेका छन् । समय मलाई ठयाक्कै त थाहा भएन तर माओवादी पार्टी बर्षमान पुन अर्थमन्त्री भएका बेला एक अर्थराज्य मन्त्रीले नेप्सेको एक कार्यक्रमा घट्दो बजारका बारेमा प्रचन्डकैजस्तो अभिव्यक्ति दिएको थिए । उक्त कार्यक्रममा कतै सेयर बजार घट्नुमा विदेशी तत्वको हात त छैन भनि ती अर्थराज्यमन्त्रीले शंका व्यक्त गरेका थिए । आज त्यही पार्टीका अध्यक्षले सेयर बजारलाई साम्राज्यबाद देख्दैछन् । विस्तारवाद देख्दैछन् । सामन्तबाद देख्दै छन् । यी सबै कुराले पुँजी बजारप्रतिको बुझाइको स्तरको पनि निर्धारण गर्छ ।

हरेक महान र ठुलो सोच राख्ने व्यक्तिहरुको उद्येश्य साम्राज्य फैलाउनु र विस्तार गर्दै जानु नै हुन्छ । सक्छौ हामी पनि विस्तार गरौं । विशाल साम्राज्य फैलाऔं । मेरो नजरमा पृथ्वीनारयण शाह विस्तारवादी थिए । यदि उनी विस्तारवादी नभएका भए हामी नेपाली हुन्थ्यौं कि हुँदैन थियौं भन्ने प्रश्न हुनसक्छ । तर, हामीले ती साम्राज्यवादी वा विस्तारवादीले विस्तार गरेको नेपाललाई जोगाउन पनि गारो परिरहको छ । र, त्यसको दोष नेपाली सर्वसाधारण नभई सत्ताका आशक्त नेता र पार्टीहरु नै हुन भन्नलाई कुनै संकोच मान्नु पर्दैन । पार्टीहरुका यस्तै नीतिका कारण गरिब नेपाली जनताले चाँही विश्वमा मजदुर साम्राज्य फैलाउनु परेको छ । भारत, मलेशिया, कतार, कोरिया, जापान, इजरायल कुन देश पुगेका छैनन् नेपाली रोजगारिका लागि ? यसलाई म नेपालीहरुले फैलाएको मजदुर साम्राज्य भन्न चाहन्छु । यो मजदुर विस्तारवाद हो । अब अन्य देशलाई विस्तारवादी भन्ने कि आफ्नै अनुहार हेर्ने ? अनि हामी पनि विस्तारवादी ।

हरेक बर्ष कतिले देशमा रोजगार पाए ? रोजगार कतिले बढयो वा घट्यो भन्ने हामीले कहिल्यै हिसाव गरेनौं जनताको जिवनस्तरको कहिल्यै लेखाजोखा गरेनौं । तर प्रत्येक बर्ष कति वटा नयाँ देशमा रोजगारका अवसर विस्तारकालागि सरकारले सम्झौता गरयो भनेर हिसावबगरिरह्यौं । यस्ता मजदुर विस्तारवादीका एजेन्ट जनता नभई नीति निर्माता हुन् । नीति निमार्णमा रहेका पार्टी र तिनका नेता हुन्। जनताको जीवनस्तर उकास्न रोजगार सिर्जना गर्ने कम्पनीलाई साम्राज्यवादी र जोखिम मोलेर उद्ययम गर्ने उद्यमीलाई सामन्ती देख्ने पार्टी र तिनका नेताबाट नेपाली जनताले देशमै रोजगार पाउने आश गर्न सक्ने अवस्था रहँदैन । अनि उनीहरु परिवार छोडेर ४० कटेपछि रमाउने आशमा श्रमजीबी वर्ग साम्राज्य फैलाउन विश्व बजारमा पुग्नु पर्ने वाध्यता रहन्छ ।

प्रचन्ड भन्छन्- सेयर बजारले ८० प्रतिशत मानिसलाई भोकोनाङ्गो बनाउँछ । छाक कटाएर बचाएको पैसाले लगानी शुरु गर्न खुत्रुके फुटाएका सर्वसाधारणलाई भोकै नाङ्गै बन्ने डर र त्रास बाँडेर आतंकित बनाउदै जाने हो भने निरन्तरको घटेको बजारबाट अलिअलि बचेको सम्पति पनि सकिएर सर्वसाधारण पुरै नाङ्गै हुने अवस्था आउनसक्छ । जनताको समृद्धिको सपना देख्नेहरुले १०० प्रतिशत लगानीकर्ताको लगानी सुरक्षा गर्न नसके पनि कम्तिमा पनि ८० प्रतिशतको लगानीको सुरक्षा गर्न प्रयास गर्ने नीति लिन्छु भन्नु उत्तम हुनजान्छ ।

तर, दुर्भाग्य न यो सुन्न पाइयो, न नीति देख्न नै पाइयो । सेयर बजारले ८० प्रतिशत मानिसलाई भोकै नाङ्गै बनाउने भए हाम्रोभन्दा सय २०० बर्ष अगाडि सेयर बजार खुलेका देश जस्तैः अमेरिकाका जनता भोकै नाङ्गै हैन अझ समृद्ध भएको देखिन्छ । त्यहाँका जनता भिख माग्न कचौरा बोकेर नेपाल आउनु परेको छैन ।

प्रचण्ड भन्छन्- पुँजी बजार वित्तीय एकाधिकारको माध्यम हो ।

तर, म भन्छु- पुँजी (सेयर) बजार वित्तीय एकाधिकार भएका पुँजीपतिबाट नाफा विकेन्द्रित गर्ने माध्यम हो । एउटा निश्चित समुह वा बर्ग वा व्यक्तिले उद्योग व्यवसायबाट लिइरहेको नाफा लाखौं सर्वसाधारण, गरिव र निमुखा जनतामा सार्ने माध्यम पनि हो सेयर बजार ।

उदाहरणका लागि एनसेलले हालसम्म सर्वसाधारणमा सेयर जारि गरेको छैन । यसले कमाएको अर्बौं नाफा सिमित कम्पनी र व्यक्तिको हातमामात्र पुगेको छ । यदि एनसेलले सर्वसाधारमा सेयर जारी गरे ती सिमित व्यक्ति वा कम्पनीले लिइरहेको नाफा लाखौं सर्वसाधारणको हातमा पुग्ने छ । त्यस्तै सरकारले एकलौटीरुपमा लिँदै आएको नेपाल टेलिकमको नाफा सर्वसाधारणमा सेयर बेचेसँगै लाखौंको हातमा बाँडिएको छ । अब सेयर बजारलार्इ वित्तीय एकाधिकारको माध्यम भन्ने कि वित्तीय विकेन्द्रिकरणको माध्यम भन्ने ?

सेयर बाजर जोखिम (नोक्सानको सम्भावना बोके) को क्षेत्र हो । जोखिम उठाउने हरुले यहाँ लगानी गर्छन् । चाहे शहरिया हुन् या गाउँले । क्षमताअनुसार चाहे थोरै जोखिम उठाउने हुन या धेरै । जोखिम लगानीकर्ता आफ्नै गलत लगानी रणनीतिका कारणमात्र नभई कम्पनी र नीति निर्माणमा रहेका पार्टी र नेताका कारण पनि उत्पन्न हुने गर्छ । जुन अहिले देखिइरहेको छ । र, डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि देखिएको थियो ।

केहि समयअघिसम्म सेयर बजार भनेको पैसावाल सहरिया र पुँजीपतिको बजारका रुपमा मात्र परिचित थियो । अर्थमन्त्री भएका बेला नेपाली काँग्रसका नेता डा. राम शरण महतले सेयर बजार शहरियाको मात्र हो भनेर धेरैपटक भाषण गरे । अझै पनि उनको नीतिमा परिवर्तन भएको छ जस्तो मलाई लाग्दैन । यही कारण पनि अर्थमन्त्री भएको बेला उनले सेयर बजारलाई कहिल्यै काठमाडौंभन्दा बाहिर लाने प्रयास गरेनन् । रिङरोडभित्र सिमित गराइदिए । सम्भवत उनी तुलनात्मकरुपमा अरुभन्दा बढी समय अर्थमन्त्री भए ।

सेयर बजार अर्ब हुनेहरुले मात्र हैन हातमा हजार बोकेर अर्ब कमाउने सपना देख्नेहरुले पनि लगानी गर्ने ठाँउ हो । ती अर्ब कमाउने सपना देख्ने सर्वहाराहरुलाई सामन्त देख्नु वा साम्राज्यवादको एजेन्ट देख्नु वा विस्तारवादीका भरिया देख्नु श्रमिक साम्राज्यवादलाई बढावा दिनुमात्र हो ।

केही बर्षअघिसम्म काठमाडौं खाल्डोमा सिमित सेयर बजार प्रविधिको विकाससँगै नेपालको ४ कुनाको घेरा तोडेर विश्वभरका नेपालीसम्म पुगेको छ । चाहे ती पैसा भएका नेपाली हुन् या पैसा नभएका । धनी हुन् या गरिव ।

उत्पादनमुलक भनेको केवल भौतिक बस्तु उत्पादन गर्ने कुरासँग मात्र जोडिएको छैन यसले रोजगारीसँग प्रत्यक्ष सम्बन्ध राख्छ । यसैले सेयर वा पुँजीबजार सेवामुलक क्षेत्र पनि भएकाले यसमा लाखौको रोजगारी सिर्जना गर्ने क्षेत्र र अवसरका रुपमा पनि लिइनु पर्छ । तर, दुर्भाग्य सरकार र धितोपत्र बजारको नियामकको ध्यान त्यसतर्फ कहिल्यै गएन ।

राजनीतिक खिचातानी र सत्ता लिप्साका समाचारबाट वाक्क भएका सर्वसाधारणले सेयर बजारको विस्तारसँगै लगानीतर्फ ध्यान मोड्ने अवसर पाउँदै थिए । हरेकका घरमा राजनितिक गफबाट लगानीका गफहरु शुरु हुँदै थिए । मोवाइल र टिभि अनि विलासिताका सामानमा सकिने रेमिटेन्स विस्तारै विस्तारै लगानीका क्षेत्रमा छिर्ने दुस्सहास पनि गर्दै थियो । तर, यही समयमा निति निर्माणमा बस्नेबाट त्यसको घाँटी निमोठ्ने प्रयास भएको देखिन्छ । लगानीको घाँटी निमोठेर समृद्धिको सपना देख्नु व्यर्थ हो ।

पुँजी बजार उत्पादक कि अनुत्पादक भन्ने बहस बारम्बार चल्ने गरको छ । यो प्रश्न धेरै मिडियमा मैले पनि बारम्बार सामना गरेको छु । यो उत्पादक या अनुत्पादक भन्ने र त्यसको विश्लेषण गर्ने हाम्रो दृष्टिकोणमा भर पर्छ । बुझाइमा भर पर्छ । गलत मानशिकताबाट हेर्यौं भने सेयरको दोस्रो बजारलाई हामी अनुत्पादकमात्र हैन जुवा खेल्ने ठाँउमात्र देख्छौं । एउटाका हातको पैसा अर्कोका हातमा जाने माध्यममात्र देख्छौ ।

एउटाको हातबाट अर्कोका हातमा पैसा गएको छ मूल्य बढेको छ घटेको छ । त्यत्ति न धान फलेको देखिन्छ, न कोदो, न चाउचाउ उत्पादन भएको, न कपडा, न त जुत्ता नै ।

उत्पादनमुलक भनेको केवल भौतिक बस्तु उत्पादन गर्ने कुरासँग मात्र जोडिएको छैन यसले रोजगारीसँग प्रत्यक्ष सम्बन्ध राख्छ । यसैले सेयर वा पुँजीबजार सेवामुलक क्षेत्र पनि भएकाले यसमा लाखौको रोजगारी सिर्जना गर्ने क्षेत्र र अवसरका रुपमा पनि लिइनु पर्छ । तर, दुर्भाग्य सरकार र धितोपत्र बजारको नियामकको ध्यान त्यसतर्फ कहिल्यै गएन ।

सकारात्मक सोच र मानशिकताबाट हेर्यौं भने पुँजी बजारलाई विकास र समृद्धिको आधारका रुपमा देख्छौं । प्रश्न कुन दृष्टिकोण र मानसिकताबाट हेर्ने भन्ने मात्र हो । उदाहरणका लागि सर्वसाधारणमा छरिएर रहेको सानो सानो रकमबाट अर्बौं संकलन गरेर कुनै जलविद्युत आयोजना निर्माण गरिन्छ भने त्यो उत्पादक कि अनुत्पादक । यस्तै हजारौंलाई रोजगारी दिने कुनै उद्योग खुल्छ भने त्यो उत्पादक कि अनुत्पादक ? रोड बन्छ, विमानस्थल बन्छ भने त्यो उत्पाद कि अनुत्पादक ? यस्ता कुरामा राजनीतिक दल र तिनका नेतृत्वले गहिरिएर सोच्नुपर्ने हुन्छ ।

नीति निर्माणमा बस्ने हरुले पुँजी बजारलाई विकास र समृद्धिका लागि आवश्यक पुँजी निर्माण गर्ने आधारकारुपमा विकसित र प्रोत्साहित गर्दै लानुपर्छ । उद्योग व्यवसाय, स्वरोजगार, रोजगार, जनताको जीवनस्तर उकास्ने माध्यम र लगानीको विकल्पकारुपमा विकास गर्दै लानुपर्छ । लाखौं सर्वसाधारण जोडिएको यो क्षेत्र सकारात्मक राजनैतिक मुद्दा बन्नुपर्छ । तर, यहाँ त्यसको विपरित भइरहेको देखिन्छ ।

लगानीमा एक रुपैयाँ कमाउँदाको आनन्दभन्दा एक रुपैयाँ गुमाउदाको पीडा हजारौं गुणा बढी हुन्छ । कमाएको भन्दा गुमाएको सम्झना लामो समय रहन्छ । कमाउन सघाउने भन्दा गुमाउन प्रेरित गर्नेप्रतिको रोस बढी हुन्छ । त्यसैले नजिकिच्दो चुनावमा जनताले ‘आई लभ यु, भोट फर यु’ भन्ने अवस्था सिर्जना गर्ने ठाँउमा ‘नो भोट’ले ठाँउ पाए त्यसको क्षतिको परिणाम सम्बन्धित पार्टीहरुले बेहोर्नु पर्ने हुन्छ । किनकि, सेयर बजार अब एक लाख, दुई लाखको मात्र भएन २०औं लाखको भइसकेको छ । एउटा पार्टीमा आस्था राख्नेसँग मात्र सम्बन्धित भएन सबै पार्टी र राजनीतिक विचार राख्नेदेखि पार्टीबिहीनहरुको पनि भएको छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन्। उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण जस्ता कितावहरु लेखेका छन् ।)


क्लिकमान्डु