लगानीकर्ताले सुरु गरे सेयर बजार विरोधीलाई ‘नो भोट’ अभियान
काठमाडौं । पटक–पटक आन्दोलन गर्दा पनि बजार नबढेपछि सेयर बजारका लगानीकर्ताले यतिबेला ‘नो भोट’ को कार्ड फाल्न थालेका छन् ।
जब सेयर बजार घट्छ थाल्छ, तब सेयर बजारका लगानीकर्ता आन्दोलनमा उत्रने गरेका छन् । तिनै लगानीकर्ता बजार बढ्नु घट्नु सामान्य प्रक्रिया हो हो भन्न छुटाउँदैनन् ।
अहिले तिनै लगानीकर्ता एकजुट भएर बजार विरोधीलाई ‘नो भोट’ अर्थात आगामी निर्वाचनमा मत नदिने भन्दै सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् ।
लगानीकर्ताले यतिबेला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, हालका अर्थमन्त्री जनार्दन शर्मा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र वर्तमान गभर्नर महाप्रसाद अधिकारी विरुद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।
दाहालले शनिबारको पार्टीको कार्यक्रममा ‘नो भोट’ अभियानलाई सहयोग हुने गरेर सेयर बजारमा हुने लगानीलाई साम्राज्यवाद भएको विश्लेषण गरे ।
औद्योगिक क्षेत्रमा आउनुपर्ने लगानी सेयर बजारमा गएर साम्राज्यवादको रुप लियो: प्रचण्ड
हालसम्म ४५ लाख लगानीकर्ता (३ लाख दोहोरो डिम्याट रहेको छ) रहेको बजारमा सरकारले ध्यान नदिँदा बजार पुँजीकरण करिब १० खर्बले घटेको छ । अर्थात् उनीहरुले बजार करिब २५ प्रतिशत घटेको भन्दै नो भोटको अभियान सुरु गरेका छन् ।
कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सेयर बजार बढ्ने अधिकांश लगानीकर्ताको अपेक्षा थियो । आम लगानीकर्ताको बुझाई सेयर बजारले कांग्रेसको सरकारलाई स्वागत गर्छ भन्ने नै छ । अर्थात् कम्युनिष्ट भन्दा काँग्रेसको सरकार सेयर बजारमैत्री हुन्छ भन्ने लगानीकर्ताको बुझाई छ ।
एक लगानीकर्ताको टिप्पणी छ देउवा नेतृत्वमा आएको सरकारले बजारको हितमा काम गर्छ की भन्ने अपेक्षा रहेको थियो तर अर्थमन्त्री चासो नदिएका कारण बजारको विकास हुन सकेन् ।
‘अहिलेका अर्थमन्त्रीले बजारको बारेमा धेरै बुझेका छैनन्, उनी कुनै नबुझी कसैले उचालेको भरमा बोल्ने गरेका छन्’ ती लगानीकर्ताले भने ‘कहिले गभर्नरलाई फोन गरेर के भन्छन्, लगानीकर्ताले जे भन्यो त्यही बोल्ने तर बोलेपनि पुरा गर्न नसक्दा लगानीकर्ता रुष्ट भएका हुन् ।’
मन्त्रीले बजारको बारेमा नबुझी बोल्ने र विषयमा जानकारी नभएका कारण पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा राखेको ४ र १२ करोड रुपैयाँ बराबरको नीतिमा कुनै संशोधन हुन नसकेको उनले बताए ।
सामान्यतया मौद्रिक नीतिको पहिलो समिक्षामा राष्ट्र बैंकले आफ्नो नीति संशोधन नगर्ने पनि नबुझी लगानीकर्ताले जे भन्यो त्यसैको बहकाउमा लागेर मन्त्रीले गभर्नरलाई फोन गरेर अहिलेको समस्या समाधान गर भनको लगानीकर्ताको बुझाइ छ । गभर्नर अधिकारीले मन्त्रीको हैसियत बुझेको भएर उनको निर्देशनको बेवास्ता गर्न थालेको ती लगानीकर्ताको दाबी छ ।
मन्त्रीले नबुझी बोल्ने, गभर्नरले आफ्नो अडान नछोड्ने भएका कारण अहिले बियरिस मोडमा छ ।
आन्दोलन गर्दा पनि बजार नबढेपछि अहिले ४५ लाख लगानीकर्ताको एकै स्वर, चुनाव विरोधीलाई आगामी निर्वाचनमा नो भोट भन्दै सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरिरहेका छन् । लगानीकर्ताले बजार विरोधीलाई नो भोट भनेपछि सेयर बजारमा चर्चित रहेका व्यक्ति नै अहिले राजनीतिमा होमिएका छन् ।
कतिपय लगानीकर्ता नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि बनेका छन् भने केही प्रदेशको उम्मेद्वार बनिरहेका छन् ।
सेयर बजारका निकै चर्चित अनुहार प्रकाश तिवारी, ताराप्रसाद फुलेल, दुर्गा तिवारी लगायत छन् । यस्तै नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्षको लागि आवेदन दिएकी अम्बिका शर्मा काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी छिन् ।
सेयर बजारका विश्लेषक प्रकाश तिवारी स्याङजा १(ख) बाट काँग्रेस सभापतिमा विजयी भएका छन् ।
इन्भेस्टर्स फोरमकी महासचिव समेत रहेकी दुर्गा तिवारी काँग्रेस काठमाडौं क्षेत्र १ प्रदेश (क) क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।
यस्तै सेयर लगानीकर्ता संघका उपाध्यक्ष फुलेल काँग्रेसको प्रदेश सभा क्षेत्र १ (क) अर्घाखाँचीको क्षेत्रीय अधिवेशन प्रतिनिधि बनेका छन् ।
यता राष्ट्रिय जनता पार्टीका नेता दिपेन्द्र अग्रवाल पनि आगामी निर्वाचनमा जनप्रतिनिधि बन्ने अपेक्षामा छन् । उनले सामाजिक सञ्जालमा यस्तो कुरा बताउँदै आएका छन् । उनै अग्रवाल पनि यतिबेला सेयर बजार विरोधीलाई नो भोट भन्दै हिँडेका छन् ।
सेयर बजारमा ४५ लाख बढी लगानीकर्ता भनिएपनि सिडिएससीको तथ्याङकले ४४ लाख लगानीकर्ताको एकल डिम्याट खाता रहेको र ३ लाखको डिम्याट खाता दोहोरो रहेको देखाएको छ । जम्मा डिम्याट खोल्ने लगानीकर्ताको संख्या ४७ लाख ४३ हजार ५६२ पुगेको छ । यो भनेको एक भन्दा बढी खाता हो ।
४५ लाख भनिएपनि आइपीओ भर्नेको संख्या करिब २४ लाख हाराहारी पुगेको छ । बजारमा सक्रिय वा कम सक्रिय गरेर करिब १२ देखि १५ लाख लगानीकर्ता रहेको अनुमान छ ।
‘यो भनेको थोरै संख्या होइन, यसलाई सरकारले नजर अन्दाज गर्द मिल्दैन’ एक लगानीकर्ताले भने ‘ अहिले सामाजिक सञ्जालमा भनिए जस्तो पुँजी बजार विरोधीलाई चुनावमा नो भोट, पुँजी बजार विरोधीलाई आगामी चुनावमा बहिस्कार गर्ने हो भने राजनीतिक दललाई धेरै नै असर पर्ने छ । तर सबै लगानीकर्ताले एकै पार्टीलाई मत दिन्छन भन्ने त छैन ।’
सबै लगानीकर्ताले एकै दललाई मतदान नगरेपनि यो अभियानले समानुपातिक मतमा भने केही फरक पर्न सक्ने ति लगानीकर्ताको भनाई छ ।
तर बजार बढेको बेलामा जे भएपनि चुप लाग्ने घटेको बेलामा अनसन बस्ने, मन्त्री गभर्नरको राजीनामा माग्ने, त्यो पनि भएपछि अहिले सुरु भएको नो भोटको कुनै अर्थ नभएको उनको भनाई छ ।
अहिले लगानीकर्ताले नो भोट भन्दा त्यसको असर एमाले, काँग्रेस र माओवादीलाई पर्छ । गभर्नर एमाले सरकारले नियुक्त गरेको हो । अहिले काँग्रेसको सरकार छ भने अर्थमन्त्री माओवादीका छन् । अहिले केही लगानीकर्ता महाधिवेश प्रतिनिधि पनि बनेका छन्, केही पार्टीको क्षेत्रीय सभापति बनेका छन् । बोर्डको अध्यक्षका उमेद्वार नै महाविधेशन प्रतिनिधि छन् ।
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमका हुन् । ‘उनी उठ्ने क्षेत्र त्यही हो । त्यो क्षेत्रमा कति सेयर लगानीकर्ता होलान ?’ एक लगानीकर्ताले प्रश्न गरे ‘त्यो क्षेत्रबाट उठ्दा त्यहाँ भएका लगानीकर्ता मध्ये पनि कति माओवादी पार्टीका सदस्य होलान, कति लगानीकर्ता होलान ?’प्रश्न छ ।