सिद्धार्थ बैंकको सिइओमा सुन्दर प्रसाद कडेल नियुक्त



काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि सोमबारदेखि नै लागू हुनेगरी कडेललाई सिइओमा नियुक्त गरेको हो ।

कडेल हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।


क्लिकमान्डु