पहिलो चरणबाट सभापति नचुनिने , दोस्रो चरणको चुनाव हुने



काठमाडौं । पहिलो चरणको मतदानमा कांग्रेस सभापति नचुनिने भएको छ ।

अब करिब मत गनेर सकिएको छ । ४५६३ मत गन्दा शेरबहादुर देउवाले २१४२ मत ल्याएका छन् । यस्तै डा शेखर कोइरालाले १७०८,प्रकाशमान सिंहले ३५५ बिमलेन्द्र निधिले २४५ ल्याएका छन् ।

दोस्रो चरणमा देउवा र कोइरालाबीच चुनाव हुने छ ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु