कृषि, पर्यटन र नविकरणीय उर्जामा संयुक्त लगानी गर्न फ्रान्सका राजदूतलाई महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदुत जिल बुर्बाओबिच महासंघ भेटवार्ता भएको छ ।

भेटमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी गर्ने विषयमा छलफल भएको छ ।

भेटमा अध्यक्ष गोल्छाले कोरोनाले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन वाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिए । यो दुुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले निकै धेरै चुुनौतीको सामना गर्नु परेको पनि बताए ।

सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दूर्घटनाबाट जोगिएको स्पष्ट पार्दै अझै खतरा भने टरि नसेककोले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए ।

यसका लागि महासंघले अर्थतन्त्रको मुुख्य आधारशिलाका रुपमा रहेको साना तथा मझौला उद्यम व्यवसायको लागि तत्काल पुुनरूत्थानमा जोड दिएको बताए । महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको र त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं अन्तरिक लगानी आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारबाट समेत महासंघको उक्त दस्तवेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको बताए ।

नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न अध्यक्ष गोल्छाले आग्रह गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै बाह्य लगानीका लागि सरकारी अनुुकुुल नीति र वाह्य लगानीकर्तालाई स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न आग्रह गरे । भौगोलिक अवस्था र यूवाहरूले भरिएको मुुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि स्पष्ट पारे ।

राजदूत जिल बुर्बाओले महासंघले अगाडि सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामी धेरै क्षेत्रमा छरिनुु भन्दा पनि ठोस र परिणामदायीरूपमा काम गर्न सकिने क्षेत्रहरू पहिचान गरी अगाडि बढौं, सफलता हासिल हुनसक्छ, राजदूतले भने ‘नविकरणीय उर्जा, कृषिको उत्पादकत्व बृद्धि, पर्यटन, विद्युतीय सवारी साधन लगायतका क्षेत्रमा सहकार्य गर्न सक्छौं ।’


क्लिकमान्डु