खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणका जारी हुने सेयर १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड रुपैयाँ हुने छ ।


क्लिकमान्डु