गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश दिने



काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १३ प्रतिशत लाभांश दिने भएको छ ।

जसमा बोनस ९.१ र नगद ३.९ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु