गुणस्तर कायम नगर्नेमा दुग्धजन्य पदार्थ अग्रस्थानमा



काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा मिसावट गरेको आरोपमा २७ वटा मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रथम त्रैमासिकको पत्रकार सम्मेलन गर्दै खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा २७ थान मुद्दा दायर भएको जानकारी दिएको हो ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा उक्त मुद्दा दायर भएको जानकारी दिए । उनकाअनुसार दायर गरिएको मुद्दामध्ये दुध तथा दुग्ध पदार्थका ९ वटा, मसला पदार्थका ५ वटा, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ५ वटा, प्रशोधित पिउने पानीका ३ वटा, चियाका २ वटा, सोयाससको १ वटा, तेलको १ र दानाको १ वटा रहेको छ ।


‘उक्त २७ मुद्दाहरूमध्ये ११ वटा मुद्दाहरू दुषितका, ९ वटा मुद्दाहरू न्यून गुणस्तरका, ६ वटा मुद्दाहरू लेवललगायतका विवरण नमिलेका र १ वटा मुद्दम ऐन नियम निर्देशिका उल्लंघन गरेका थिए,’ उनले भने ।

विभागले तीन महिनाको अवधिमा देशभरका ८ वटा कार्यालय र २२ वटा डिभिजन कार्यालयहरू गरी ४३ वटा कार्यालयबाट अनुगमन गर्दै आएका छन् । जसमा कार्यालयले ३ महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ८ सय ५२ वटा नमूनाहरू संकलन गरेका थिए ।

उक्त संकलित नमुनामध्ये खाद्यान्न÷दलहनजन्यका १३१ वटा, तेल तथा ध्यूजन्यका ९४ वटा, फल तथा सागपातजन्य पदार्थ ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा, चिया कफिका २८ वटा, दुध तथा दुग्धपदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरिका १६ वटा नमुनाहरूको परिक्षण गरिएको थियो । परिक्ष गरिएकोमा ३६ वटा (६.६८) नामुना मात्रै प्रतिकूल रहेको विभागको भनाइ छ ।

प्रतिकूल रहेकोमा खाद्यान्नका ८ नमुनाहरू, प्रशोधित पिउने पानीका ७, दुध तथा दुग्ध पदार्थका ४, दानापदार्थका ४ नमुनाहरूलगायतका अन्य खाद्य पदार्थका नमुनाहरू प्रतिकुल रहेको प्रवक्ता महर्जनको भनाइ छ ।

विभागले तीन महिनाको अवधिमा खाद्य÷दाना उद्योग, होटल रेष्टुरेन्ट, राजमार्गका होटल अनुमगन तथा उजूरीमा तत्काल सम्बोधन टोलमार्फत् २ हजार ३६ पटक अनुगमन गरी कारबाही गरेको छ ।

त्यस्तै, विभागले ३ महिनाको अवधिामा विभाग तथा मातहतका कार्यालयबाट ४२ वटा होटल, रेष्टुरेन्ट स्तरीकरण गरिएकोमा २ (४.८) प्रतिशत वटाले अत्ति उत्तम स्तर पाउन सफल भएको छ भने ७ वटाले उत्तम, २३ वटाले सन्तोषजनक, ७ वटाले सामान्य स्तर र ३ वटा होटल तथा रेष्टुरेन्ट स्तरीकरणमा नपरेको विभागले जनाएको छ ।

त्यसैगरी, सोही अवधिमा ६ हजार ४ सय ३८ विभिन्न खाद्य पदार्थहरूको आयातमा अनुमति जारी गरेको तथ्याङ्कमा उल्लेख छ । साथै, ६१ वटा खाद्य पदार्थका कन्साइन्मेन्टहरूको अनुमति अस्विकृत गरिएको विभागले जनाएको छ ।

विभागले ३ महिनाको अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा १६ हजार ३१० वटा नमुनाहरू प्राप्त भई जाँच विश्लेषण गरी नियमन गरिएको तथ्याङकमा उल्लेख छ ।


क्लिकमान्डु