मुद्रा विप्रेषक संघको अध्यक्षमा टण्डन



काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुमन पोखरेलको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ ।

चन्द्र टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.) को नेतृत्वको नयाँ कार्य समितिको उपाध्यक्षमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), महासचिव सञ्जय सिग्देल ( सूर्या रेमिट प्रा.लि. ) कोषाध्यक्ष ईन्द्र प्रसाद शर्मा (आईपे रेमिट प्रा.लि) तथा सचिवमा दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स प्रा.लि) चयन भएका छन् ।

यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक (ए.टि.टि रेमिट प्रा.लि.), चयन भएइका छन् । अध्यक्षबाट मनोनित हुने २ जना सदस्यमा युमा श्रेष्ठ ( हिमालयन बैंक ) र रामेश्वर सापकोटा (प्रभू मनि ट्रान्सफर प्रा.लि. ) रहेका छन् ।

कार्यक्रममा अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए ।

टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । नव निर्वाचित अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको भूमिकाको स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गरे ।

कार्यक्रममा संघका उपाध्यक्ष रितेश मित्तलले कोभिड–१९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक बर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखि नै गिरावट आएको बताए ।


क्लिकमान्डु