सभापति हारे प्रधानमन्त्री पद छाड्नुपर्छ, मलाई जिताउनुहोस्: देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताए ।

प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए ।

आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नै पर्ने दबाव रहेको बताए ।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताए ।

‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ । त्यसैले अहिलेको बेला यो काँग्रेस पार्टी जित्नु जरुरी छ । कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ । त्यसका लागि यो महाधिवेशन अत्याधिक महत्वपूर्ण छ । यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईहरुलाई थाहा नै छ । अत्याधिक बहुमतले मलाई जिताउनु भयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु ,’ प्रधानमन्त्री देउवाले भने ।

आफू पार्टी सभापति भएको खण्डमा यो सरकार टिकराष्ट्रिय चुनावसम्मका लागि । त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले ।

त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ । त्यसैले अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो बिरोध होइन । तर मेरो यो अन्तिम बेला हो ।

म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु । यदि म जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सरकार बनाउन सक्नेछु । त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ ।

नत्र भोलिपल्टै शेरबहादुर त हा¥यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ? अघिल्लो पटक के भएको थियो हालत ? त्यसकारण प्रधानमन्त्री नेपाली काँग्रेसको हुनु आवश्यक छ । मैले हुन आवश्यक छ ।

आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने बताए । प्रधानमन्त्री देउवाले प्रजातन्त्र आजको आवश्यक्ता भएको उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा भएको कोलाहल आफू नेतृत्वमा पुगेपछि शान्त भएको भन्दै देउवाले अहिलेको समयमा कांग्रेस पार्टीले जित्नको लागि आफू सभापति पदमा जित्नुपर्ने रहेको बताए ।
प्र


क्लिकमान्डु