सेयर बजारमा गुमाएर रुन आवश्यक छैन: बोर्ड निमित्त अध्यक्ष गिरी



काठमाडौं । सेयर बजारमा कमाउने र गुमाउने सामान्य कुरा रहेको भन्दै यसमा रुन आवश्यक नभएको धितोपत्र बोर्डका निमित्त अध्यक्ष निरज गिरीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशले आयोजना गरेको तालिम कार्यक्रममा गिरीले बजार बढ्दा अति उत्साहित हुने घट्दा रुने काम गर्न नहुने बताए ।

उनले धितोपत्र बजार सूचनाको बजार भएकाले कम्पनीले निकालेको सूचनालाई आधार मानेर लगानी गर्दा सुरक्षित भइने बताए ।

साथै कम्पनीका वित्तीय विवरण अध्ययन गरेर लगानी गर्न उनले सुझाव दिए ।

बजारमा अफवाह फैलाउनेहरूका पछाडि लागेर लगानी गर्दा जोखिम हुने भएकाले त्यसलाई लगानीकर्ताले ध्यान दिनु पर्ने बताए ।

त्यसैगरी कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सीमित स्वार्थका अनलाइन पत्रकारिताले धितोपत्र बजारमा प्रभाव पारेकोले विश्वसनीयता कम हुँदै गएको बताए ।


क्लिकमान्डु