सरकारले बनाएको पर्यटन बिदालाई कार्यविधि बनाएर लागू गर्न हानको माग



काठमाडौं । होटल संघ नेपाल(हान)ले सरकराले घोषणा गरेको पर्यटन बिदालाई कार्यविधि बनाएर लागू गर्न माग गरेको। छ।

होटल संघ नेपालले संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई आमन्त्रण गरी बधाई तथा शुभकामना ज्ञापन गर्दै समसामयिक विषयवस्तुमा छलफल गरेको छ ।

विशेष गरी कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न विभागलाई आग्रह गरेको छ ।

संघकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायहरुसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गरिन् ।

हानले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने माग गरेको छ।
यस्तै वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहल कदमीका लागि अनुरोध गरेको ।

पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्ने जनाएको छ ।

पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने जनाएको छ । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने र आधिकारिक सूचनाहरु पर्यटन विभागको वेबसाइटमा राखिनु पर्ने उल्लेख छ ।


क्लिकमान्डु