शिक्षासेवी मिश्रलाई मरणोपरान्त केयूको प्रतिष्ठित सम्मान



काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयू)ले वरिष्ठ शिक्षा सेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ को सम्मान प्रदान गरेको छ ।

शनिवार काठमाण्डौं विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसर पारेर अयाोजित एक विशेष समारोहका बीच आठ महिनाअघि निधन भएका वरिष्ठ शिक्षासेवी स्व.रामानन्द मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो ।

काठमाण्डौ विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई विश्वविद्यालयले सन् २०१४ बाट केयू परिसनको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै आएको छ । जसअनुसार यो वर्षका लागि सो प्रतिष्ठित सम्मान स्व. मिश्रलाई प्रदान गरिएको हो ।

काठमाण्डौ विश्वविद्यालय स्थापनामा सराहनीय योगदान पुर्याएका कारण स्व. मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए ।

मिश्रले विद्यालय प्रशासन र निरीक्षण विषयमा फिलिपिन्सबाट स्नातकोत्तर र उच्च शैक्षिक प्रशासनिक विषयमा अमेरिकाबाट पोस्ट ग्राजुएट गरेका थिए ।
प्रा.डा. थापाकाअनुसार नियमित अध्ययनपछि स्व. मिश्र शिक्षा सेवामार्फत सरकारी सेवामा प्रवेश गरेका थिए ।

यस्तै, काठमाण्डौ विश्वविद्यालयबाट प्रदान गरिएको विभिन्न प्रशासनिक र शैक्षिक भूमिकामार्फत विश्वविद्यालय सेवामा प्रवेश गरेका थिए ।
स्व. मिश्र स्कूल इन्स्पेक्टर पदबाट सरकारी सेवामा प्रवेश गरेका डा. थापाले जानकारी दिए । सो क्रममा मिश्रले जिल्ला शिक्षा अधिकारी, पाठ्यक्रम विशेषज्ञ, शैक्षिक प्रशासनिक विशेषज्ञ, उपसचिव तथा नेपाल प्रशासनिक स्टाफ कलेजको प्रमुख प्रशासकीय अधिकृत तह लगायतका महत्वपूर्ण जिम्मेवारीमा रही सेवा गरेका थिए ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा रहँदा काठमाण्डौ विश्वविद्यालयको ऐन निर्माणमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शिक्षा सेवाबाट अवकासपछि १९९९ देखि २००१ मा काठमाण्डौ विश्वविद्यालय, धूलिखेल नगरपालिका, डेनिस राजदूतावासको संलग्नतामा संचालित गुणस्तरीय शिक्षा परियोजनामा विश्वविद्यालयको तर्फबाट संयोजकको भूमिका समेत निर्वाह गरेका प्रा.डा. थापाले जानकारी दिए ।


क्लिकमान्डु