मुक्तिनाथ विकास बैंकको पन्ध्रौं साधारणसभाले पारित गर्यो १८.५०% लाभांश



काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त लाभांसमध्ये १७.५७५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुनेछ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारे ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु