सातामा ६३.९ अंकले घट्यो बजार, लगानीकर्तामा त्रास बढ्दै



काठमाडौं । यो साता सेयर बजारमा निकै गिरावट देखिएको छ । यो साता बजारमा ६३.९ अंकको गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार २५१३.८७ बिन्दुमा रहेको बजार सोमबार ३२.२१ बढेर २५४६.०८ बिन्दुमा पुगेको थियो । यस्तै मंगलबार भने बजारमा गिरावट देखियो ।

मंगलबार बजार ३७.१८ अंकले घटेर २५०८.९० बिन्दुमा रोकियो । त्यसपछिको कारोबारमा बजारले २५ सय अंकको बिन्दुलाई छुन सकेन । बुधबार पनि बजार ५३.०९ अंकले घटेर २४५५.८१ बिन्दुमा रोकियो भने बिहीबार ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा रोकिएको छ ।

पछिल्लो समय सेयर बजारमा निरन्तर आएको गिरावटले लगानीकर्ता समेत निकै त्रसित बनेका छन् । अहिले इन्डेक्स मात्रै होइन कारोबार रकम समेत निकै घट्न थालेको छ ।

२३ सय पार गरेको बजार अहिले घटेर साढे २४ सय नजिक रहेको छ । कारोबार रकम पनि करिब २१ अर्बबाट अहिले घटेर साढे २ अर्बको हाराहारिमा सिमित भएको छ ।

पछिल्लो बजारको अवस्था हेर्दा लगानीकर्ता बजारले बियरिस टे«न्ड सुरु गरेको बताउन थालेको बताउने गरेका छन् । बैंक तथा वित्तीय संस्थामा (लगानीयोग्य रकम) तरलता अभाव हुनु, राष्ट्र बैंकले ४, १२ करोडको नीतिमा अडिग रहनुले पनि बजारले बियरिस ट्रेन्ड समाउन तालेको लगानीकर्ताहरुले बताउन थालेका छन् । पछिल्लो गिरावटले पनि त्यस्तै देखाउन थालेको छ ।


क्लिकमान्डु