काँग्रेसको महाधिवेशनमा एमाले अध्यक्ष ओली बोल्दा बोल्दै माइक काटिएपछि



काठमाडौं । नेपाली काँग्रेको १४ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा धुमधामसँग उद्घाटन भइरहेको छ । उद्घाटनको क्रममा सबै शीर्षस्थ राजनीतिक दलका नेताहरुलाई शुभकामनाको लागि बोलाईएको छ ।

शीर्षस्थ दलका नेताहरुले शुभकामना दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको पालो आयो । ओलीले शुभकामना सन्देश दिन थाले । शुभकामनासँगै मन्तव्य सुरु गरेको ओली बोेल्दा बोल्दै माइक काटियो । करिब एक मिनेट माइक काटिएपछि ओली अन्तिममा लु सबैलाई शुभकामना छ भन्दै हिड्न लागेका थिए । त्यो बेला माइक भने बनिसकेको थियो ।

माइक बनेपछि कार्यक्रम प्रस्तोता विश्वप्रकाश शर्माले पुनः ओलीलाई बोलाए । ओली शुभकामनाको लागि आएको भएपनि दोस्रो चरणमा ओलीले धेरै बोल्न चाहेनन् । करिब १ मिनेटजति मात्रै शुभकामना दिएर उनले मन्तव्य टुङ्ग्याए । सबैको प्रतिक्षा ओलीले के भन्छन् भन्नेमा नै थियो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दललाई काँग्रेसले औला समाउन नदिने हो की भन्ने चिन्ता बढेको बताएका छन् । अध्यक्ष ओलीले सत्तामा पुग्न औंला समाउने हो की देश विकासमा औंला समाएर सँगै हिड्ने ? भन्दै प्रश्न गरेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनले यस्तो प्रश्न गरेका हुन् ।

अध्यक्ष ओलीले देश विकासको लागि एमाले सँधै काँग्रेससँगै रहेको स्मरण गराए । महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्रको सम्बर्धन, विकास, सामाजिक न्याय, देश विकासको लागि काँग्रेससँगै एमाले पनि रहेको स्मरण गराए । उनले काँग्रेसलाई सबैलाई साथ लिएर हिँड्न आग्रह गर्दै अरुको नीतिमा हिँड्नु भन्दा पनि आफ्नो नीतिमा हिँड्न समेत आग्रह गरे ।


क्लिकमान्डु