मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने



काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट उक्त लाभाशं दिने निर्णय गरेको हो ।

फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो ।

सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकका स्वीकृति तथा साधारणसभाले पारित गरेपछि पाउनेछन् ।


क्लिकमान्डु