अलफ्ट होटेलमा फुड फेस्टिभल ‘फ्लेभर्स अफ कास्मिर’, भारतीय राजदूतले उद्घाटन गर्ने



काठमाडौं । अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ‘फ्लेभर्स अफ कस्मिर’ (कास्मिरको स्वाद) फुड फेस्टिभल आयोजना गरेको छ ।

भारतीय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजीव श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए । कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्ने बताइएको छ ।

टाटा मोटर्स द्धारा प्रायोजित यो फेस्टिभल अलफ्टमा डिसेम्बर १० देखि १० दिन (डिसेम्बर १९) सम्म साँझ साढे ६ बजेदेखि साढे १० बजे सम्म चल्नेछ ।

वेलकम ड्रिङ्क्ससहित खानाको प्रतिव्यक्ति कर बाहेक २ हजार पाँच सय लाग्ने बताइएको छ ।

कास्मिर खानाबाट शुरु गरिने यो फेस्टिभलको पहिलो दिन भारतीय दूतावास अन्तर्गतको स्वामी विवेकानन्द साँस्कृति केन्द्रका कलाकारहरूले आफ्नो प्रस्तुति पनि राख्नेछन् ।

फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध हुनेछ । शाकाहारी स्टार्टरबाट शुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ ‘नुक’ मा उपलब्ध हुनेछ ।

प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारहरूको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउदा आफू निकै उत्साहित भएको सिंहले बताए ।

‘विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला-ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो ।

आउने दिनहरूमा हामी यसरी नै स्पेनिश, टर्किश लगायत अन्य अन्तर्राष्ट्रिय परिकारहरू पनि अलफ्टमा प्रस्तुत गर्नेछौं,’ सिंहले बताए । अलफ्टको बारेमा: विश्वभर छब्बीस वटा देशमा अलफ्टको एक सय चालिसभन्दाबढी होटलहरू सञ्चालमा रहेको छ ।

नयाँ प्रविधि, संगित र नयाँ डिजाइन सहितको होटल अलफ्ट होटल क्षेत्रको एउटा नयाँ पुस्ता हो । जसले पाहुनाहरूको अनुभवलाई आनन्दित बनाउने काम गरिरहेको छ ।

अलफ्ट काठमाडौं, शान्ती हस्पिट्यालिटी म्यानेजमेन्ट सर्भिसेसद्धारा सञ्चालित छ । अलफ्ट होटलहरू मेरियट इन्टर्नेशनलकै एउटा छुट्टै ब्रान्ड हो । हस्पिट्यालिटिको क्षैत्रमा एउटा छुट्टै साम्राज्य खडा गरेको मेरियट इन्टरनेशनलको विश्वभर तिस भन्दा बढि ब्रान्डहरू र सात हजार भन्दा बढि होटलहरू रहेको छ ।


क्लिकमान्डु