राष्ट्र बैंकले २० अर्ब शुक्रबार बजारमा पठाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले किनेको ट्रेजरी बिल्स खरिद गरेर नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउन लागेको हो ।

नेपाल सरकारले आन्तरिक ऋण अन्तर्गत उठाएको ट्रेजरी बिल्स बैंक तथा वित्तीय संस्थाले खरिद गरेका हुन्छन् । बैंक तथा वित्तीय संस्थामा पैसाको अभाव भएको बेला राष्ट्र बैंकले यस्तो ट्रेजरी बिल्स खरिद गरेर बजारमा पैसा पठाउने गर्छ ।

नेपाल राष्ट्र बैंककाक प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकले ट्रेजरी बिल्स खरिद गरेर बैंक तथा वित्तीय संस्थामा २० अर्ब तरलता पठाउन लागेको जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्स बिक्रीको लागि बिहीबार २ बजेसम्म आवेदन गर्नुपर्ने थियो ।

बोलकबोल प्रक्रियाबाट राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने छ ।


क्लिकमान्डु