अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत थपलियाविरुद्ध डेढ करोड भ्रष्टाचारकाे आरोपमा मुद्दा दायर



काठमाडौं । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

आयोगले अर्थमन्त्रालयमा तत्कालीन शाखा अधिकृत थपलियाले आफू विभिन्न कार्यालयमा पदमा बहाल रहँदा १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

२०४० फागुन ६ गतेदेखि अवकाश पाएको मिति २०७५ चैत ३० गतेसम्मको जाँच अवधिमा वैध आय १ करोड २ लाख ८२ हजार २५८ रुपैयाँको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेको सम्पत्ति एवम् खर्च तथा लगानी २ करोड ६७ लाख ७१ हजार ९५८ खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको १ करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले उनी विरुद्ध आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

थपलियाले श्रीमति मुना पन्त थपलियाका नामा भएका घर जग्गा तथा बैंक खाताहरुमा रकम राखेको भेटिएको थियो ।


क्लिकमान्डु