अनौपचारिक माध्यमबाट रेमिट्यान्स बढी आयोः गभर्नर



काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा आउने रेमिट्यान्स अनौपचारिक क्षेत्रबाट आउने गरेको बताएका थिए ।
बिहीबार अर्थसमितिमा बोल्दै अधिकारीले पछिल्लो समयमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स आउन थालेको बताए ।
‘कोरियाबाट नेपालमा ९÷१० प्रतिशत मात्रै औपचारिक माध्यमबाट आएको छ । बाँकी पैसा अनौपचारिक माध्यमबाट आएको छ,’ उनले भने ।
उनले रेमिट्यान्स औपचारिक माध्यमबाट ल्याउनका लागि देशमा त्यस्ता देशमा बैंकको शाखा खोल्ने दिने बताए ।


क्लिकमान्डु