अवैध सुन रोक्न विमानस्थलमा ‘टाक्स फोर्स’ परिचालन गरेका छौंः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयले विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिनुहुँदै उनले भने, टास्क फोर्सले दैनिक १९/२० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको छ ।

नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको उनले बताए । यसले राजश्वमा टेवा पुर्याउने विश्वास मन्त्री शर्माले व्यक्त गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याउने प्रवृत्ति बढेकाले भन्सारमा कडाइ गरिएको उनले बताए ।

‘त्यो प्रवृत्ति अत्यन्तै बढेकाले अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको छ । जसकारण त्यहाँ दैनिक १९/२० किलो सुन जम्मा भइरहेको छ । ती सुन भन्सार तिरेर मात्र लैजाने व्यवस्था भएको छ,’ उनले भने ।


क्लिकमान्डु