मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।