शाइन रेसुङगा डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



बुटवल । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शंकरनगर शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

तिलोत्तमा ड्राइभरटोलस्थित न्यू होराइजन कलेजमा अध्यानरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई डिजिटल बैकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको शाइन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालले जानाकारी दिइन् ।

साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने, सीआरओ यशोधन पाण्डे, कर्पोरेट क्रेडिट हेड किरणप्रसाद शर्मा नेपाल, एसएमई हेड दीपक अर्यालले विद्यार्थी लाई डिजिटल बैंकिङ प्रणालीको आवश्यता र यसको प्रयोगबाट हुने फाइदाकाबारे जानाकारी दिएका थिए ।

दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम मा ४ सयभन्दाबढी विद्यार्थीहरुको सहभागिता भएको कार्यक्रममा शाइन रेसुङगा डेभलपमेन्ट बैंकका शंकरनगर शाखाका कर्जा प्रमुख किरण ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा कलेजका तर्फबाट सहायक प्राचार्य इन्द्र भुसाल र प्रध्यापक नारायण पन्थले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुले व्यवहारिक ज्ञान पनि हासिल गर्ने बताए ।


क्लिकमान्डु