लक्ष्मी बैंकको २ नयाँ शाखाका साथै १ एक्स्टेन्सन काउण्टर बिस्तार



काठमाडौं । लक्ष्मी बैंकले २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न.१ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा रहेका छन् ।

साथै, लक्ष्मी बैंकले आफ्नो ९औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा स्थापना गरेको छ । यी शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु