भारतीय सेनाको हेलिकोप्टर दुर्घटना



एजेन्सी । भारती सेनाका उच्च अधिकारी सवारी हेलिकोप्टर दुर्घटनामा परेको छ । भारतको तमिलनाडूको कुन्नरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो ।

हेलिकोप्टरमा चिफ अफ डिफेन्स विपिन रावत, उनकी श्रीमतिसहित १४ जना सवार थिए । हालसम्म तीन जनालाई उद्दार गरिएको छ । साथै २ शवसमेत बरामद गरिउको छ । भारतीय वायुसेनाले दुर्घटनाको जाँचका लागि आदेश दिइसकेको छ ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । उद्दार गरिएकाहरुको उपचार भइरहेको छ । साथै चौथो व्यक्तिको खोजी कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुरुवाती जानकारीअनुसार सीडीएस विपिन रावत श्रीमतिसँग भेलिंटनमा एक कार्यक्रममा सहभागी हुन गएका थिए । उक्त स्थानमा आम्र्ड फोर्सको कलेज छ । कलेजमा रावत लेक्चर थिए । उनीहरु त्यहाँबाट फर्किएर कुन्नर आउँदै थिए । त्यहाँबाट उनी दिल्ली जाने कार्यक्रम थियो । तर घना जंगलमा हेलिकोप्टर दुर्घटना भएको थियो ।


क्लिकमान्डु