फरवार्ड माइक्रोफाइनान्सले ४२% लाभांश दिने



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

हाल संस्थाको कायम चुक्तापुँजी ६२ करोड ५५लाख १९ हजार २५० रुपैयाँमा आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणका लागि उपलब्ध नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।

फाइनान्सले ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) र ३५ प्रतिशत बोनस सेयर गरी ४२ प्रतिशत लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु