भिष्म ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सरकारले ढुंगानालाई सेबोनको अध्यक्ष पदबाट बर्खास्त गरेको विरोधमा ढुंगाना सर्वोच्च अदालत पुगेका थिए । सर्वोत्तम सिमेन्टको सेयर ओटीसी बजारमा खरिद गरेको विषयमा विवाद उत्पन्न भएपछि उनीविरुद्ध सरकारले अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिको प्रतिवेदनका आधारमा ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । बर्खास्त लगत्तै सर्वोच्चमा सरकारलाई चुनौती दिएका ढुंगानाले दायर गरेको रिटको आज सुनुवाई भएको थियो ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

सरकारले हाल सेबोनको अध्यक्ष पदमा नियुक्तीका लागि प्रक्रिया अगाडि बढाएको छ ।


क्लिकमान्डु