राजस्व छल्ने ५ जनालाई २४ करोड ४१ लाख मागदाबी सहित मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ माग दाबी गर्दै राजस्व छली गर्ने ५ जनालाई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार नक्कली झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजस्व चुहावट गर्ने जयकिशोर साह , परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालालप्रसाद यादब लाई मुद्दा दायर गरेको हो ।

विभागका अनुसार १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ विगोदाबी र सोही रकम सजाय सहित २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ मागदाबी लिएर मुद्दा दर्ता गरेको हो ।

विभागका अुनसार बारा जिल्ला, साबिक उमजन गाबिस-६ हाल करैया गाँउपालिका-७ का यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सोनालालप्रसाद यादब समेत ५ जना रहेका छन् ।


क्लिकमान्डु