उतार चढाबकाबीच सेयर बजारमा उछाल, ओम्रिकोनले राख्ला प्रभाव ?



काठमाडौं । निकै उचार चढाबकाबिच सेयर बजारमा सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा आएर उकालो लागेको छ ।

बजारमा निरन्तर गिरावट आउँदा कतै बियरिस ट्रेन्डमा जान थाल्यो की भन्ने निकै चिन्ता लगानीकर्तामा बढेको थियो । तर अन्तिम समयमा आएर बजारमा सुधार देखिएको छ । यो दिनको बढोत्तरीलाई कोरोनासँग जोडेर पनि हेरिएको छ ।

प्रि–ओपनिङमा समेत घटेको बजार कारोबार सुरु भएको १ घन्टापछि बढेन थालेको थियो । सोमबारको बढोत्तरीलाई कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोनसँग जोडेर समेत हेरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओम्रिकोन संक्रमित २ जना भेटिएको तथ्य सार्वजनिक गर्यो । बजारमा कोरोनाको सन्त्रास बढेको र यसले बजारमा प्रभाव पार्ने मनोविज्ञान लगानीकर्तामा परेको छ । त्यसले पनि बजारमा बढोत्तरी देखाएको छ ।

यता केही लगानीकर्ताले कारोबार सुरु भएलगत्तैको गिरावटलाई लिएर बजार क्र्यास भयो भनेर समेत चर्चा गरे । अन्तिम समयमा आएको बढोत्तरीले सोमबारको लागि यो चर्चा व्यर्थ सावित गरेको छ । यसअघि पनि कोरोनाको समयमा सेयर बजारले नयाँ उचाइ लिएको थियो ।

कोरोना संक्रमण घट्दै जाँदा र अन्य क्षेत्रमा बैंकबाट लगानी प्रवाह हुन थालेपछि बजारमा गिरावट आएको थियो । नेपालमा सेयर बजारलाई कोरोना फाप्ने गरेको छ । बजार घटेको खण्डमा लगानीकर्ताले आन्दोलन नै गरेर भएपनि बढाउने गरेका छन् । तर अहिले ओम्रिकोनको संक्रमण बढेको खण्डमा बजार बढ्ने हो की भनेर आशंका गर्नेको पनि कमी छैन ।

सोमबारको कारोबारमा बजार मापन गर्ने सूचक ३२.२२ अंकले बढेर परिसूचक २५४६.०९ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा प्रायः सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ १३, विकास बैंक १५७.१३, फाइनान्स कम्पनी ५७.८७, जलविद्युत ८२.५३, जीवन बीमा १२३.२०, माइक्रोफाइनान्स ६५.४१, निर्जीबन बीमा समूहको उपसूचक २६.०९ अंकले बढेको छ । कारोबारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु