बैंकको बढ्न थाल्यो निक्षेप, कर्जाको माग दोब्बर



काठमाडौं । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप बढ्नुका साथै कर्जाको माग पनि बढेको छ ।

मंसिर सुरु भएयता १० गतेसम्म घटेको निक्षेप १७ गतेसम्म आइपुग्दा बढेको छ । बैंकर्स संघका अुनसार एक साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ भने कर्जाको माग १४ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको निक्षेपको तुलनामा कर्जाको माग दोब्बर देखिएको छ । मंसिर १० गतेसम्म ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप ७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै एक साताको अवधिमा कर्जाको माग १४ अर्ब रुपैयाँ रहेको छ । मंसिर १० गतेसम्म ४० खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा १४ गतेसम्म आइपुग्दा एक साताको अवधिमा कर्जाको माग बढेर ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो केही समययता बैंकबाट निक्षेप हराउने क्रम बढ्ने र कर्जाको माग पनि निकै बढ्ने गरेको थियो । तर यो साता भने बैंकमा कर्जासँगै निक्षेपको माग बढेको छ ।

मंसिर १० गतेसम्म आइपुग्दा बैंकमा कर्जाको माग १४ अर्ब रुपैयाँले बढ्दा निक्षेप ६ अर्ब रुपैयाँले घटेको थियो । तर पछिल्लो एक साताको अवधिमा बैंकमा विस्तारै निक्षेप बढ्न थालेको छ ।


क्लिकमान्डु