राष्ट्र बैंकले ३ अर्ब बढी लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम लगानी गर्न लागेको हो ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । त्यसको लागि आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनको लागि प्रस्ताव गरेको ब्याजदरसमेत तोकेर फारम भरी मंसिर २२ गतेसम्म आवेदन दिन भनेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ४४ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ४५ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १५ करोड २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।


क्लिकमान्डु