सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने



काठमाडौं । सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ (साधारण सेयर) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ ।

सभामा कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)बाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने भएको छ ।

कम्पनीले सभाबाट एक जना स्वतन्त्र सञ्चालक पनि नियुक्त गर्ने भएको छ । १४ गते अकामा होटल धुम्बाराही, काठमाडौंमा हुने सभा कोरोनाको कारण भन्दै जुमबाट हुने भएको छ । सभामा सञ्चालक समितिको बार्षिक प्रतिवेदन पेश पनि हुनेछ ।


क्लिकमान्डु