बिइङ ह्युमनका म्यानेजर साढे ६९ लाखसहित पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको रकमसहित हिरोसी खनाललाई पक्राउ गरेको हो ।


प्रहरीले उक्त रकमसहित बिइङ ह्युमन कपडा पसलका म्यानेजर खनाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार खनाललाई शुक्रबार पक्राउ गरिएको हो । प्रहरीले खनालमाथी थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको जानकारी गराएको छ ।


क्लिकमान्डु