बजारले समातेकै हो त बियरिस ट्रेन्ड ? परिसूचक २५०० नजिक



काठमाडौं । सेयर बजारले बियरिस ट्रेन्स सुरु गरेको छ । साताको पहिलो दिन आइतबार बजारमा भारी गिरावट आएको छ । लामो समयदेखि बजारमा देखिएको गिरावट आइतबार पनि कायमै रहेको छ ।

बजारमा आएको निरन्टरको गिरावटले अब बजारमा गिरावट सुरु भएको लगानीकर्ता भित्रै चर्चा सुरु भएको छ । बजारले बियरिस ट्रेन्ड समाउँदा परिसूचक २५०० को हाराहारीमा आएको छ ।

आइतबारको कारोबारमा बजार मापन गर्ने सूचक ७२.३० अंकले घटेर परिसूचक २५१३.८९ बिन्दुमा रोकिएको छ । यो दिन बजार २.८० प्रतिशतले घटेको छ । बजारले बियरिस टे«न्ड समाउँदा कारोबार रकम पनि न्यून प्राय देखिएको छ ।

२२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४ रुपैयाँको किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.१५ अंकले घटेर ४७३.३७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको ४०.७३, विकास बैंक २०३.०१, जलविद्युत ९६.९४, फाइनान्स १०८.५४, निर्जीबन बीमा २५१.१२, उत्पादन तथा प्रशोधन १२४.९२, माइक्रोफाइनान्स १३१.५७, जीवन बीमा समूहको उपसूचक ३७२.१ अंकले घटेको छ । बजारमा पहिरो जाँदा पनि न्यादी हाईड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु