मुक्तिनाथ विकास बैंकद्वारा सीएसआर अन्तर्गतका विभिन्न कार्यक्रम सम्पन्न



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।
बैंकले हालै भूमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी, बैंकले पाल्पाको तानसेनमा रहेका विभिन्न कलेजमा मास्क तथा स्याजिटाइजर जस्था सामग्रीहरु वितरण गरेको छ ।

यससँगै, ट्राफिक सचेतनाकाका लागि बोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामूदायिक संस्थालाई २५ हजार रुपैयाँको सहयोग गरेको छ । यस साथै इलाका प्रहरी कार्यालायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त १० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परी अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जीविकाका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।


क्लिकमान्डु