पूर्वडेपुटी गभर्नर शिवाकोटीले ल्याए वित्तीय साक्षरताको गीत



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वित्तीय साक्षरता बढाउने गीत ल्याएका छन् ।

गीतमा बैंक खाता खोल्नका लागि प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

समृृद्ध नेपाल अभियानका लागि बैंकबाट कारोबार गर्ने र सबै नेपालीको बैंक खाता खोलौं भन्ने भावना पूर्वडेपुटी गभर्नर शिवाकोटीले गीतमार्फत साटेका छन् ।

गीतको भिडियोमा विभिन्न कलाकारसँगै बैंकरहरुको समेत अभिनय रहेको छ ।


क्लिकमान्डु