बीमा समितिले विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने



काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

समितिले ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमाको भूमिका’ शीर्षकमा विश्वविद्यालयस्तरी निबन्ध प्रतियोगिता गर्न लागेको हो ।

निबन्ध प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले तीन महिनाभित्र समितिले तोके बमोजिम निबन्ध लेखेर समितिमा उपलब्ध गराउनु पर्नेछ ।

विद्यालयस्तरीय निबन्ध प्रतियोगिताका लागि कम्तीमा दुई हजार शब्दको हुनुपर्ने समितिको भनाइ छ । यस्तै, विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिताका लागि भने निवन्ध तीन हजार शब्दको हुनु पर्नेछ ।


क्लिकमान्डु