दरबारमार्गको हिमालय जाभा अब मध्यरातसम्म खुल्ने



काठमाडौं । दरबारमार्गको वान दरबारमा रहेको हिमालयन जाभा अब हप्ताको दुई दिन मध्यरातसम्म खुला रहने भएको छ ।

हिमालयन जाभा कफी सपमध्ये सबैभन्दा उत्कृष्ट मानिएको उक्त कफी सप हरेक हप्ताको शुक्रबार र शनिबार मध्यरातसम्म खुला रहने हिमालयन जाभाका सञ्चालक गगन प्रधानले बताए । हप्तान्तको यी दुई दिन मध्यरातसम्म कफी र डेजर्टको लागि खुला रहने उनले जानकारी गराएका छ ।

वान दरबार मलमा रहेको यस हिमालयन जाभालाई सबैभन्दा सुविधा सम्पन्न र उत्कृष्ट बनाएका छन् । पाँच हजार स्क्वयर फिट क्षेत्रफलमा रहेको यस कफी सपमा १८० जना अट्ने क्षमता छ । यहाँ कफीसँगै ब्रेकफास्ट, लन्च र डिनर खान पाइन्छ ।

नारायणहिटी दरबारको गेटैमा रहेको यस हिमालयन जाभाबाट संग्रालयका रमणीय दृष्य हेर्न पाइन्छ । साथै, मौसम खुलेको बेला हिमालयहरु पनि देख्न सकिन्छ ।

आफ्ना वर्षौंदेखिका ग्राहक प्राध्यापक अभि सुवेदीको सम्मानमा उने ‘अभि सुवेदी कम्युनल टेबल’समेत राखेका छन् ।

‘हाम्रो राष्ट्र हाम्रो कफी’ नारासहित शुरु भएको यस कफी सपको लागि ३ करोडभन्दा धेरै गरेका छन् । दुई दशकदेखिको व्यवसायीक अनुभव र अष्ट्रेलिया अध्ययनबाट सिकेका सबै कुरालाई मिलाएर नयाँ खालको कफी सप बनाएको गगनको भनाइ छ ।

हिमालय जाभा सुरु भएको २२ वर्ष भइसकेको छ । अहिलेसम्म काठमाडौंमा मात्र ३४ भन्दा धेरै शाखा र फ्रेन्चाइज रहेका छन् । अमेरिका, क्यानडा, दार्जिलिङ र ल्हासामा पनि हिमालयन जाभा सञ्चलनमा छ ।


क्लिकमान्डु