पिपुल्स हाइड्रोपावरले ९६ लाख कित्ता आइपीओ ल्याउने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष



काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनीले ९६ लाख कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले ९६ करोड रुपैयाँको ९६ लाख कित्ता आइपीओ निष्काशन गर्नको लागि भन्दै सेयर निश्काशनको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष चयन गरेको छ ।

कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।

हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निश्काशन तथा बिक्री प्रबन्धमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु