नेपाल राष्ट्र बैंकले अप्रिल राष्ट्रिय आर्थिक सम्मेलन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी अप्रिल महिनामा राष्ट्रिय आर्थिक सम्मेलन गर्ने भएको छ । सम्मेलनमा विभिन्न क्षेत्रमा नीति निर्माता, अध्ययन, अनुुन्धानकर्ताहरुले आफ्नो क्षेत्रमा बारेमा जानकारी गराउनेछन् । त्यसमा नेपालको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा बृहत छलफल हुनेछ ।

कोरोनाले नेपालको अर्थ व्यवस्थामा परेको प्रभाव तथा असर तथा आगामी कार्य योजनाको बारेमा पनि छलफल हुनेछ । त्यसमा माइक्रो इकोनोमी तथा त्यसको नीतिगत विषय, संघीयता र सार्वजनिक वित्त, ग्लोबल लाइजेसनलगायतका विषयमा सरोकारवाला निकायले प्रस्तुत गरेको विषयमा छलफल हुनेछ ।

यो सम्मेलन एक अर्कामा आएको सोच तथा योजनाको विषयमा छलफल हुने बताइएको छ ।

विश्वव्यापिकरण, अन्तर्राष्ट्रिय ब्यापार तथा पुँजी परिचालन, विदेशी मुद्रा संचिती व्यवस्थापन, मूल्य वृद्धि, आर्थिक वृद्धि, रोजगारी, गरिबी र असमान आय, वित्तीय बजार, वित्तीय विकास र वित्तीय समावेशीता, मौद्रिक नीति र यसका अवसर, केन्द्रीय बैंकको डिजिटल करेन्सी, डिजिटल इकोनोमी, इ–कमर्श र डिजिटल पेमेन्स सिस्टम, कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र कोरोना पछिको नीतिगत सुधारको विषयमा सम्मेलनमा छलफल हुनेछ ।

राष्ट्र बैंकले यसका लागि आवेदन माग गरेको छ । आवेदन डिसेम्बर ३१ सम्म दिनसक्नुपर्ने छ । उक्त कार्यक्रम अप्रिल २०२२ मा हुनेछ । यसका लागि राष्ट्र बैंकले विभिन्न मापदण्ड समेत बनाएको छ ।


क्लिकमान्डु