रिलायन्स स्पिनिङ मिल्सको व्यापार २४.४५% ले बढ्यो



काठमाडौं । बुक बिल्डिङ विधिमार्फत् प्राथगमिक सेयर निष्कासनको घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्सको व्यापार सन् २०२१ मा २४.४५ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा ७ अर्ब ७९ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । जबकी कम्पनीको सन् २०२० मा कुल ल्यापार ६ अर्ब २६ करोड १० लाख रुपैयाँ थियो । त्यसैगरी सन् २०१९ मा ७ अर्ब ४२ करोड ३० लाख रुपैयाँको कम्पनीले व्यापार गरेको थियो ।

सन् १९९४ मा स्थापना भएको कम्पनीले पोलिस्टर, भिसकोस, आर्कलिक/ब्लेन्डेड तथा पोलिस्टर टेक्सचर्ड धागो उत्पादन गर्दै आएको छ ।

कम्पनीले सुनसरीको दुहवी र खानारमा उद्योग स्थापना गरेको छ । कम्पनीले वार्षिक ४ हजार ६८० मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ ।

कम्पनीको उत्पादन स्वदेशसँग विदेशमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले गर्ने निर्यातमा भारतको हिस्सा मात्रै ६० प्रतिश त छ भने टर्किमा १२ प्रतिशत हिस्सा छ । कम्पनीको निर्यातमा १० वटा ग्राहकको हिस्सा मात्रै ७४ प्रतिशत छ ।

कम्पनीले धागो उत्पादनका लागि चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया तथा थाइल्याण्डबाट कच्चा पादर्थ आयात गर्दै आएको छ । कम्पनीले हालै अर्ब ९ करोड ५० लाख ३९ हजार रुपैयाँको ऋणका लागि रेटिङ समेत गराएको छ ।

यसअघि कम्पनीले २ चरणमा गरी सेन्थिेटिक धागो ४ हजार ६८० मेट्रिक टन तथा कटन धागो ४ हजार ६८० मेट्रिक टन उत्पादन गर्ने गरी वार्षिक ९ हजार ३६० मेट्रिक टन उत्पादन गर्ने योजना बनाएको थियो । कम्पनीले उत्पादन क्षमता बढाउनका लागि दुई चरणमा गरी डेढ अर्वका दले ३ अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको थियो ।

कम्पनीले सन् २०२१ को फेब्रुअरी महिनामा १ अर्ब ३० करोड ६० लाख रुपैयाँ लगानीमा पहिलो चरणको बिस्तार गरेपछि कम्पनीको उत्पादन वार्षिक ४ हजार ६८० मेट्रिक टन पुगेको हो ।

कम्पनीले दोस्रो चरणमा सन् २०२२ को जुलाइमा शुरु गर्ने योजना बनाएको छ ।

कम्पनीमा नेपालका दुई ठूला बिजनेस हाउस गोल्यान ग्रुप र एमएस ग्रुपको लागनी छ । गोल्यान ग्रुपमा पवनकुमार गोल्यानको लगानी छ भने एमएस ग्रुपमा शशीकान्त अग्रवालको लगानी छ ।


क्लिकमान्डु