नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सभा सम्पन्न भएको हो ।
भर्चुअल रुपमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७÷७८ को १६ प्रतिशत कुल लाभांश दिने प्रस्ताव पारित गरेको छ । जसमा १२ ।६११ प्रतिशत बोन र ३।३८९ प्रतिशत नगद लाभांश रहेको थियो ।

यो अवधिमा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको खुद नाफा ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कुल चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको १ खर्ब ६८ अर्बबाट वृद्धि भइ १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । कुल लगानी अघिल्लो वर्ष १ खर्ब ४० अर्बबाट वृद्धि भइ खर्ब १६२ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।


क्लिकमान्डु