नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्कासन पुस ७ गतेदेखि



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकितका दरले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । मंसिर २३ गतेसम्म कारोकार भइ कायम भएका सयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्कासन पुस ७ गते हुनेछ भने पुस २७ गते निष्कासन बन्द हुनेछ ।


क्लिकमान्डु