कुमारी बैंकले एकैपटक ४०%सम्म ऋणको ब्याजदर बढायो



काठमाडौं । कुमारी बैंकले ऋणीको ब्याजदर ३६.८७ प्रतिशतदेखि ३९.२८ प्रतिशतसम्मले बढाएको छ ।

बैंकले अहिलेको अवस्थामा निक्षेप नबढ्दा बैंकका तरलता अभाव भएको र ब्याजदर पनि बढिरहेको भन्दै ब्याज पनि उच्च प्रतिशत बिन्दुमा ब्याज बढाएको हो ।

बैंकले यस्तो अवस्थामा अहिलेको अवस्थामा बस्न नसक्ने भन्दै ब्याजदर बढाएको ऋणलीलाई जानकारी गराएको छ ।

क्लिकमाण्डूलाई प्राप्त विवरण अनुसार कुमारी बैंकले ८.६७ प्रतिशतमा लिएको ऋणको ब्याजदर एकै पटक ११.९९ प्रतिशत बनाएको छ ।

यस्तै अर्का ऋणीको यस्तै अर्का एक ऋणीले पनि ९.२४ प्रतिशतमा लिएको ब्याजदर १२.८७ प्रतिशतसम्म पुर्याएको छ ।

एक ऋणीका अनुसार बैंकले अधिक तरलता रहेको समयमा बैंकमा बोलाएर नै ऋण दिएको र अहिले एकाएक यति धेरै ब्याजदर बढाउँदा आफू अन्योलमा परेको बताए ।

उनले बैंकमा एकैपटक किन यति धेरै ब्याजदर बढाएको भनेर जानकारी माग्दा आफूलाई चित्त बुझ्दो जवाफ नदिएको गुनासो गरे ।

यसरी ब्याजदर बढाउनेमा कुमारी बैंकमात्र होइन । अहिले तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले ऋणीलाई लिने ब्याजदर बढाएका छन् । उनीहरुले ३० देखि ४० प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोख्रेलले नियमविपरीत कसैले पनि ब्याजदर बढाएको पाइएमा कारबाही गर्ने बताए ।

यता कुमारी बैंकका डेपुटी सीइओ मनिष तिमल्सिनाले आफू विदामा बसेको भन्दै यसबारेमा कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।


क्लिकमान्डु